Rule 9
दर्ता तथा प्रमाणपत्र
: (१) राष्ट्रिय खेल सङ्घ वा महासङ्घ दर्ता गराउनको लागि ऐनको दफा २६ को उपदफा- (२) मा उल्लिखित कागजातको अतिरिक्त देहायका कागजात र अनुसूची- १ बमोजिमको दस्तुर संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा परिषद्मा निवेदन दिनु पर्नेछ:-

(क) राष्ट्रिय खेल: सङ्घ वा महासङ्घले सोही खेल सङ्घसँग सम्बन्धित अन्तर्राष्ट्रिय खेल सङ्घ वा महासङ्घसँग आबद्धता भएको भए सोको प्रमाण,

(ख) राष्ट्रिय खेल सङ्घ वा महासङ्घका सबै कार्यसमितिका सदस्यहरुको नागरिकताको प्रमाणित प्रतिलिपि,

(ग) त्यस्तो खेल सङ्घ वा महासङ्घ परिषद्मा दर्ता गराउने सम्बन्धमा गरिएको निर्णयको प्रतिलिपि ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यस्तो खेल सङ्घ वा महासङ्घलाई ऐनको दफा २६ को उपदफा (४) बमोजिम परिषद्ले दर्ता गर्ने निर्णय गरेमा त्यस्तो निर्णय: भएको मितिले पन्ध्र दिनभित्र परिषद्मा दर्ता गरी निवेदकलाई अनुसूची-३ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनेछ।

(३) परिषद्ले ऐनको दफा २६ को उपदफा (८) बमोजिम कनै सडघ वा महासडघलारई दर्ता नगर्ने निर्णय गरेमा सदस्य-सचिवले त्यस्तो निर्णय भएको मितिले पाँच दिनभित्र सोको जानकारी सम्बन्धित खेल सङ्घलाई दिनु पर्नेछ।